
हिन्दुहरुको महान पर्व बडा दसैं खुशी र उमंग होस् । घर आ“गनमा बडा दसैं आइसकेको छ । दसैं मनाउन यति बेला घर फर्किनेको घुइचो छ । काम बिशेष घर बाहिर रहेका महिला पुरुष युवा बिधार्थीहरु दसैं मनाउन धमाधम फर्किएका छन । हरेक बर्षको एक चोटी आउने दसैं मनाउन घर आ“गन तिपपोतमा ब्यक्त छन । दसैको बेला रातो र सेतो कमेरो माटोले घर लिपपोत गर्ने चलन उहिले देखि नै छ । प्रत्येक घरको कोठामा मकै जौको जमरा राखेका छन । बिहान बेलाका दुर्गा भवानीको पुजापाठ पनि गरिन्छ । घर आगनमा लिङ्गे पिङ्ग हालेर तन्नेरी युवाहरु रमाई रहेका छन ।
दसैंको बेला नया“ कपाडा किनेर पहिरिने चलन छ । खानपिन छुटाउन पैसा बोकेर स्थानीय बजार धाइरहेका छन । दसैको बेला राम्रो लगाउने र पिठो खाने चलन छ । बर्षभिरीको कमाई दसैको बेला खर्च गर्ने गरिन्छ । बडा दसैको समयमा मासु भात खाने उत्तिकै उत्साह देखिने गरेको छ । दसैको बेला ऋण सपाट गरेर पनि दुर्गा भवानीलाई खसी बोका हास बली दिने चलन छन । असत्यमाथि सत्यको बिजय नै बडा दसैको सन्देश हो । एक आपसमा शान्ति समृद्धि छाओस । पारिवारिक सामाजिक सद्धभाव अझै बलियो बनोस । धार्मिक सांस्कृति अझै बलियो बनोस । बिगतको दसैको तुलनामा यो पटक त्यति उत्साह र उमंग छैन । गत भदौ २२ र २३ गतेको जेनजीको आन्दोलनका कारण बिध्न्वस र आगजनी देश पिडामा छन । आन्दोलनले गर्दा सरकारी र निजी सम्पति खरानी भएका छन । आन्दोलनमा ज्यान गुमाउन युवाको घरमा पिडा अझै सेताएको छैन । जे जस्तो भएपनि यसलाई शान्ति र सद्धभाव एकतामा परिणत होस । अन्तरिक सरकारले तोकिएकै समयमा आम निर्बाचन होस । देश अशान्ति तिर नजाओस् । शान्त र सुखमय बनोस् । दुर्गा भवानी माताले उर्जा प्रदान गरुन । देश बिदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई बढा दसैको हार्दिक मंगलमय शुभकामना ।