
मुगु —बिजया दशमी टिकाको आज दोश्रो दिन पनि आफन्तजन इष्टमित्र मान्यजनको हातबाट टिका–जमरा लगाउने क्रम अझै जारी छ । पहिलो टिन टिका लगाउन नपाएका आज दोश्रो पनि टिका लगाउन आफन्त कहा जाने गरेका छ । सबैको घर आगनमा दसैको खुशीयाली उमंग छाएको छ ।टाढा रहेका आफन्त इष्टमित्र तथा मान्यजनहरुको घरमा गएर टिकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिन सम्म दसैँको टिका थाप्ने र आशीर्वाद दिने गरिन्छ । आज टीकाको दोस्रो दिन पनि टिका लगाउन आउने जाने गर्ने जारी छ । हिन्दुहरुको महान चाड दसैं मनाउन घर बाहिर रहेका घर फर्किएका छन । कलाकार संगीतकारहरुले पनि खुशी र उमंगका साथ आफन्तजन संग टिका ग्रहण गरेका छन ।