मुगु —नेकपा एमालेले ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गते पोखरामा गर्ने निर्णय गरेको छ ।शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले मंसिर २७, २८ र २९ गते पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा सो मितिमा महाधिवेशन गर्ने सहितको राजनीतिक प्रस्ताव पेस गरेका थिए । सोही अनुसार बैठकले महाधिवेशनको मिति स्थान तय गरेको छ ।