शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • खेलकुद
  • एनपीएल आज पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस भिडदै

एनपीएल आज पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस भिडदै

  • मङ्लबार, मंसिर २३, २०८२
एनपीएल आज पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस भिडदै

मुगु —राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुदैछ ।त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको छ । सुदूरपश्चिमले विराटनगर सँग मात्रै लिग चरणमा पराजय भोग्नु परेको थियो । आज जित्ने टोली सिधैँ फाइनल पुग्नेछ ।

चर्चामा

सम्बन्धित समाचार