शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मुगुबाट पूर्बमन्त्री शाही सहित ७ जना सिफारिस

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मुगुबाट पूर्बमन्त्री शाही सहित ७ जना सिफारिस

  • बिहिबार, मंसिर २५, २०८२
प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मुगुबाट पूर्बमन्त्री शाही सहित ७ जना सिफारिस

मुगु—नेपाली कांग्रेस मुगुले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस जिल्ला बाट पूर्व वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी सहित ७ जना उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।बुधबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ कांग्रेस सभापति एवम निर्बतमान वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र पूर्ब पार्टी सभापति खडकबहादुर शाही र महिला तर्फ रमाइली रावलको नाम सिफारिस गरिएको छ ।त्यस गरि समानुपातिक तर्फ कालोपोथी फिल्मका निर्देशक मीन भाम, भिम तिरुवा र केशरकला मल्लको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभा तर्फ कांग्रेस नेता तथा पूर्ब शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लको एकल नाम सिफारिस गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार