मुगु —नेकपा एमालेको मतदान सकिएको छ । ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान करिब पौने ७ बजे सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । एमालेका कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ मत मात्रै खसेको छ । ३६ जनाको नसकेका आयोगले जनाएको छ । मत गणना आजै सुरु हुने छ ।