शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा निर्वाचन ज्ञानेन्द्र शाही ६ वटा क्षेत्रबाट उम्मेदवार सिफारिस

प्रतिनिधिसभा निर्वाचन ज्ञानेन्द्र शाही ६ वटा क्षेत्रबाट उम्मेदवार सिफारिस

  • बिहिबार, पुस १०, २०८२
प्रतिनिधिसभा निर्वाचन ज्ञानेन्द्र शाही ६ वटा क्षेत्रबाट उम्मेदवार सिफारिस

मुगु —आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाका पार्टी प्रवक्ता तथा निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरिएका छन । जुम्ला जिल्लाबाट प्रत्यक्षतर्फ शाहीको नाम एकल सिफारिस भएको छ । शाहीले यसअघि पनि जुम्लाबाट अत्यधिक मतले जितेका थिए ।

ललितपुर १ को क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ पहिलो नम्बरमा शाहीको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । त्यसै गरि भक्तपुरबाट पनि प्रत्यक्षतर्फ शाहीलाई सिफारिस गरिएको छ । कर्णाली प्रदेशको सुर्खेत २ बाट पनि शाही पहिलो नम्बरमा सिफारिस भएका छन् । क्षेत्रीय अध्यक्ष कर्णबहादुर रेगामी मगरले जिल्ला कार्यसमिति सुर्खेतलाई पठाएको सिफारिसमा प्रत्यक्षतर्फ शाही सहित ४ जनाको नाम सिफारिस गरिएको छ ।

उता रुपन्देही २ बाट पनि शाहीलाई सिफारिस गरिएको छ । क्षेत्रीय समितिका अध्यक्ष रामबहादुर थापाले जिल्ला कार्यसमितिलाई पठाएको पत्रमा प्रत्यक्षतर्फ सातौँ नम्बरमा शाहीको नाम समावेश छ । त्यसै गरि कञ्चनपुर २ बाट पनि राप्रपाले प्रबक्ता शाहीलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा नाम सिफारिस गरि केन्द्रमा पठाएको छ ।

चर्चामा

सम्बन्धित समाचार