शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • राजनीति
  • एकताबद्ध भएर आगामी निर्वाचनमा जाऔं : डा. शेखर कोइराला

एकताबद्ध भएर आगामी निर्वाचनमा जाऔं : डा. शेखर कोइराला

  • बुधबार, पुस १६, २०८२
एकताबद्ध भएर आगामी निर्वाचनमा  जाऔं : डा. शेखर कोइराला

मुगु— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक अपासको बिबाद र अन्त गरि एकताबद्ध भएर आगामी निर्वाचनमा जानु पर्ने बताएका छन ।राष्ट्रिय एकता तथा मेलमिलापको दिवशको अवसरमा जारी सन्देशमा राष्ट्रिय एकता र मेलमिलापको लागि सत्ता राजनीतिक भन्दा माथि सार्बभौम सम्पूर्ण नेपालीहरुको जागरुक सर्तकता सहित एकताबद्धताको खाचो रहेको उल्लेख गरेका छन ।

डा.कोइरालाले जारी गरेको शुभकामना सन्देशमा लोकतन्त्रको रक्षार्थ र भावि पुस्तालाई शान्ति र समृद्धिको गोरेटो कोरेको नेपाल हस्तान्त्रण गर्न हामीले हाम्रा अप्रिय बिबाद मतभिन्नता र ब्यक्तिगत महत्वकाक्षालाई समाप्त गरेर भावि राष्ट्रिय निर्वाचनमा होमिनुको बिकल्प छैन उल्लेख गरिएको छ ।बर्तमान राजनीतिक परिस्थितमा हामीलाई जनताको बिश्वास र भरोसामा गरे मात्र हाम्रो सान्दभिकता देशमा रहने हो शुभकामना सन्देशमा भनिएको छ यो गम्भिर तथ्यमा चुक्यौ भने हामी भूमिका बिहिन हुने खतरा रहन्छ ।

देशको सोच उदेश्य र साझा प्रतिबद्धता बनाउने नेपाली कांग्रेसको का“धमा छ डा.कोइरालाको भनाई छ । राजनीतिक परिदृष्यमा उदायको नया चुनौतीहरु सामना गर्न हामी संग एकताको कुनै बिकल्प छै उहाको भनाई छ ।
नेपाली कांग्रेसले राष्टिय राजनीतिमा नेतृत्वदायि भूमिका खेल्न सम्भव रहेको डा. कोइरालाले बताउनु भएको छ । यसका लागि बिपी कोइरालाको मेलमिलाप नीतिले हामीलाई मार्ग निर्देशन गर्दछ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार