मुगु —नेकपा एमाले मुगु बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि अगामी सात जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रतयक्ष तर्फ एमाले जिल्ला कमिटीको बैठकले राज बहादुर कार्की , बर्तमान जिल्ला पार्टी अध्यक्ष पुर्णबहादुर रोकाया , बलचन्द्र बिश्वकर्मा , गोपाल बहादुर बम र खड्कराज मल्लको नाम सिफारिस गरेको नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा छायानाथ रारा नगरपालिका इन्चार्ज डबल रोकायाले बताए । त्यसै गरि महिला तर्फ कर्णसिला मल्ल र जानदेवि भामलाई सिफारिस गरिएको रोकायाको भनाई छ ।