मुगु —नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बस्ने भएको छ ।बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णय गर्ने भएको छ । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको काँग्रेसको दोस्रो विशेष महाधिवेशन बाट गगन थापा सभापति चुनिएका हुन ।विशेष महाधिवेशन बाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरू आज पहिलो पटक केन्द्रीय कार्यालय गएर पहिलो बैठक बस्ने भएको छ ।