काठमाडौ —प्रिन्सिपल्स एसोसिएसन अफ नेपालको आयोजनामा शनिबार काठमाडौ ठमेल स्थित शन्ति शिक्षा माध्यमिक बिद्यालयमा नेपाल र पोल्यान्ड बीचको शैक्षिक सहकार्य अन्तराष्टिय सम्मेलन सम्पन्न गरिएको छ उक्त सम्मेलन साझेदार विद्यालयहरूको सहकार्यमा भौतिक तथा जुम मार्फत कार्यक्रम सम्पन्न गरिएको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय विद्यालय साझेदारीलाई सुदृढ बनाउनु, शिक्षा क्षेत्रमा वैश्विक संवाद प्रवद्र्धन गर्नु तथा सीमापार शैक्षिक सहकार्यका व्यवहारिक अनुभवहरू आदान–प्रदान गर्नु रहेको प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका प्रर्बधक निर्देशक जगतबहादुर धामीले जानकारी गराउनु भयो । प्रर्बधक निर्देशक धामीका अनुसार यस सम्मेलनले अन्तर्राष्ट्रिय विद्यालय साझेदारीलाई सुदृढ बनाउनु, शिक्षा क्षेत्रमा वैश्विक संवाद प्रवद्र्धन गर्नु तथा सीमापार शैक्षिक सहकार्यका व्यवहारिक अनुभवहरू साटासाट गरिएको छ ।सम्मेलनमा शिक्षा मन्त्रालयका प्रतिनिधि, शिक्षाविद्, विद्यालय प्रमुख, शिक्षक, विश्वविद्यालयका प्राध्यापक, विज्ञ तथा स्थानीयतहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा अध्यक्षता प्यान काठमाडौं महानगरपालिकाका अध्यक्ष दिपक श्रेष्ठले गर्नु भएको थियो भने प्रमुख अतिथिका रुपमा काठमाडौ विश्वविद्यालयका उपप्राध्यापक खगेन्द्र आचार्यले गर्नु भएको थियो । कार्यक्रममा प्यानका सचिव वेगम थापाले स्वागत भाषण गरेका थिए ।कार्यक्रमको संचालन प्यानका केन्द्रिय कोषाध्यक्ष रीता तिवारीले गरेकी थिइन । कार्यक्रम उदघाटन पछि नेपाल र पोल्यान्डका शिक्षा प्रणाली, विद्यालय साझेदारी कार्यक्रम, अनलाइन परियोजना सहकार्य, सिर्जनात्मक शिक्षण विधि तथा पोल्यान्डका विद्यालयहरूको अध्ययन भ्रमण सम्बन्धी प्रस्तुतीकरणहरू प्रस्तुत गरिएको प्रिन्सिपल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
वैश्विक विश्वमा विद्यालयः शैक्षिक अवसर र चुनौतीहरू विषयक प्यानल छलफलले अन्तर्राष्ट्रिय शिक्षा र नेतृत्वका महत्त्वपूर्ण पक्षहरू उजागर गरिएको छ । सम्मेलनको समापन ज्ञानको उज्यालो शीर्षकको सांस्कृतिक प्रस्तुति सहित समेत गरिएको छ ।