काठमाडौ —हुम्लाकी टासी लामोजले म यसलाई हार मान्दिन हुम्लामा नयाँ राजनीतिक संस्कारको बीउ रोप्न सफल भएको बताएकी छन । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भएको पराजितलाई लक्षित गर्दै टासीले आफनो सामाजिक सञ्जालमा स्टाटर्स लेखेकी छन, म यसलाई हार मान्दिनँ। मेरो लागि यो हार होइन, यो नै मेरो पहिलो जित हो, किनकी आज म चुनाव जित्न नसके पनि हुम्लामा नयाँ आशा, नयाँ विकल्प र नयाँ राजनीतिक संस्कारको बीउ रोप्न सफल भएकी छु ।
बिना संगठनको जिल्लामा मेरो यो पहिलो यात्रा थियो उनले लेखेकी छन ७७ जिल्लामध्ये सबैभन्दा बिकट जिल्ला हुम्लामा, लिमिबाट पहिलो पटक प्रत्यक्ष चुनावमा महिला उम्मेदवार उठ्ने अवसर मैले पाएँ, त्यो पनि राष्ट्यि स्वतन्त्र पार्टी बाट ।
यो यात्रा सजिलो थिएन। भौगोलिक कठिनाइ, सीमित स्रोत र पुरानो राजनीतिक संरचनाबीच पनि मैले हार मानेकी छैन। बरु हुम्लाको राजनीति, यहाँको बेथिति र जनताको वास्तविक अवस्था नजिकबाट बुझ्ने ठूलो अवसर पाएकी छु, र यो बुझाइ अझै गहिरिँदै जानेछ टासीले उल्लेख गरेकी छन ।
हुम्लाका ७ वटै पालिकाबाट दिनुभएको मत मेरो लागि ठूलो सम्मान हो। विशेष गरी नाम्खा पालिकाले देखाउनुभएको माया र विश्वासप्रति म अत्यन्त आभारी छु उनको भनाई छ ।
म खुसी छु कि हाम्रो पार्टी राष्ट्यि स्वतन्त्र पार्टी सरकारमा पुगेको छ टासीले लेख्छिन अब सुशासनका लागि काम गर्ने, भ्रष्टाचारका हरेक मुद्दा खोतल्ने र प्रणाली सुधार गर्ने हाम्रो दायित्व अझ ठूलो भएको छ। त्यसको आवाज हुम्लाबाट पनि निरन्तर उठिरहनेछ ।यहाँ मेरो जित हुन सकेन, तर लामो समयदेखि बलियो रूपमा उपस्थित हुन नसकेको पार्टीलाई हुम्लाका जनताको मनसम्म पु¥याउन सफल भएको महसुस गरेकी छु उनले लेखेकी छन
टासीका अनुसार हुम्ला जनताले मलाई १०६४ मत दिए र मलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा देशबाट साथ, सहयोग र माया दिनुहुने सम्पूर्णप्रति मेरो हार्दिक सम्मान र धन्यवाद ।