काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ सांसदको नाम टुंगो लगाएको छ । आइतबार पार्टी कार्यालयमा चःमतीमा बसेको सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरुष गरी ५७ जनाको नामावली टुंगो लगाएको हो ।पार्टी प्रवक्ता मनिष झाका अनुसार खसआर्यतर्फ १७ जना, आदिवासी जनजातीतर्फ १६ जना, मुस्लिमतर्फ ३ जना, दलितर्फ ८ जना, मधेशीतर्फ ९ जना र थारुतर्फ ४ जना सिफारिस भएका छन ।