काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रबि लामिछानेले भने देशले देखेको सपना हामीले पुरा गर्ने समय आएको छ । नव निर्वाचित सांसदहरुका लागि आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै सभापति रविले देशको काचुली फेर्नको निम्ति जनताले हामीलाई दुई तिहाइ दिएका छन ।
अब जनताको लागि कुनै पनि बाहना गर्नु पाइने छैन । यो ५ बर्ष समान्य नमान्नु होला सर्लक्कै देशलाई काचुली फेर्ने हो उनको भनाई छ । सांसदलाई रविले भने कुनै पनि गुटउपगुटमा नलाग्नु होला हामी सबै घण्टी मुनि हो । कुनै पनि बिचौलीया सित साटघाट नगर्नु होला र कसैको घरमा गएर सित्तैमा पानी पनि नखानु होला उनको भनाई छ ।
मन्त्री बन्नको निम्ति दौडधुप नगर्न सांसदलाई रविले चेतावानी दिएका छन । सरकार बनेकै दिन एउटा समुह सरकार ढाल्न तयार हुन्छ रविको भनाई छ । रविले भने यो ऐतिहासिक जिम्मेवारी हो जनताको भरोसालाई हरेक दिन महसुस गर्नु पर्छ ।