बिहिबार, चैत्र ५, २०८२
बिहिबार, चैत्र ५, २०८२
  • होमपेज
  • समाचार
  • बसन्त ऋतुले वनपाखा रमाइलो

बसन्त ऋतुले वनपाखा रमाइलो

  • बुधबार, चैत्र ४, २०८२
बसन्त ऋतुले वनपाखा रमाइलो

बसन्त ऋतुले वनपाखा बिभिन्न प्रकारका फुलहरु फुलेर रमणीय देखिएको छ । हिउद महिनाको सुक्खायाममा उराठ देखिएका वनपाखा यति बेला गुरा“स, आरु, चिमालो, चुली लगायत फुलेर रमाइलो देखिएको छ । हिउदयाम पात झरेर नाङगा भएका रुखहरु बसन्त ऋतुको आगमन संगै पालुवा पलाएर कोपिला निस्किए फुल फुलेका छन । किसानका खेतबारीमा लगाएका आरु फुलेर ढकमक्क देखिएका छन । उच्च लेकाली बन क्षेत्रमा गुरास फुलेर वन जंगल रातै देखिएको छ । फुलहरुको फोटो खिडियो खिच्न युवायुवती बनपाखामा जान थालेका छन ।  यति बेलाको सिजनले पर्यटकको मन खिचेको छ । हिउदयामको जाडो सकिए संगै तातो मौसम सुरु भएपछि पर्यटकलाई घुमफिर गर्न पनि सहज भएको छ ।
तस्विर क्याराभान खबर

चर्चामा

सम्बन्धित समाचार