शुक्रबार, चैत्र ६, २०८२
शुक्रबार, चैत्र ६, २०८२
  • होमपेज
  • राजनीति
  • राप्रपामा ज्ञानेन्द्र शाही संसदीय दलको नेता खुश्बु ओली प्रमुख सचेतक

राप्रपामा ज्ञानेन्द्र शाही संसदीय दलको नेता खुश्बु ओली प्रमुख सचेतक

  • बिहिबार, चैत्र ५, २०८२
राप्रपामा ज्ञानेन्द्र शाही संसदीय दलको नेता खुश्बु ओली प्रमुख सचेतक

काठमाडौ —राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले  ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता र खुश्बु ओलीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको छ ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई नेता र खुश्बुलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको छ ।
दलको नेता चयन भएका शाही राप्रपा जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन । भने खुश्बु ओली समानुपातिक बाट प्रतिनिधिसभा सदस्यमा चयन भएकी हुन । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा चार सिट प्राप्त गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार