मुगु—राष्टिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रबि लामिछाने र राािष्टय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता एव सांसद ज्ञानेन्द्र शाही बीच भेटवार्ता भएको छ । उक्त भेटमा प्रतिनिधिसभाको उपसभामुख रिक्त पदको लागि दुई नेता बीच छलफल भएको छ ।सोही भेटको क्रममा शाहीले आफनो सामाजिक सञ्जालमा विगतका दुःखहरुले हामीलाई कमजोर होइन, दृढ बनाएको उल्लेख गर्नु भएको छ । त्यसैले आज हामी एकजुट भएर देश बनाउने महा–अभियानमा अघि बढिरहेका छौ उनले लेखेका छन ।