काठमाडौं । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीनवटा निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार सुरक्षित मुद्रण केन्द्रलाई व्यापारिक प्रयोजनका लागि पनि काम गर्न सक्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, आजको बैठकले अर्थ मन्त्रालयबाट आएको प्रस्तावअनुसार ‘भन्सार नियमावली–२०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, गृह मन्त्रालयबाट आएको अर्को प्रस्ताव पनि पारित गरिएको छ ।
जसअनुसार सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गरी नियुक्त गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।