काठमाडौ – नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले आङ्देम्बेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई दलको नेता चयन गर्ने सहमति गरेको थियो । कांग्रेस सभापति गगनकुमार थापाले उनलाई दलको नेतामा चयन भएको प्रमाणपत्र प्रदान गरेका छन । प्रमुख सतेतक वासना थापा र सचेतक निष्कल राइ चयन भएका छन ।