सोमवार, जेष्ठ ११, २०८३
सोमवार, जेष्ठ ११, २०८३
  • होमपेज
  • राजनीति
  • पार्टी विभाजन रोक्न शेखर कोइरालाको पाँच प्रस्ताव

पार्टी विभाजन रोक्न शेखर कोइरालाको पाँच प्रस्ताव

  • सोमवार, जेष्ठ ११, २०८३
पार्टी विभाजन रोक्न शेखर कोइरालाको पाँच प्रस्ताव

काठमाडौ —नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी बिभाजन रोक्न पाँचबुँदे प्रस्ताव राखेका छन । १५औँ महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै उनले क्रियाशील सदस्यता, केन्द्रीय कार्यसमिति र विभिन्न समितिको गठनबारे सहमतिमूलक ढंगले अघि बढ्नुपर्ने सार्वजनिक गरेका छन ।
त्यसै गरि उनले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्न उल्लेख गरेका छन
१४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव राखेका छन । डा कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै संरचना बनाउनुपर्ने जोड दिएका छन । डां कोइरालाले कार्यसम्पादन समिति सभापतिको बहुमत हुनेगरी गठन गर्नुपर्ने माग पनि गरेका छन् ।

साथै निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति लगायत अन्य समितिहरू आपसी सहमतिबाट मात्रै गठन गर्नुपर्ने प्रस्ताव राखेका छन ।कांग्रेस पार्टी भित्र महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता विवाद र शक्ति सन्तुलनलाई लिएर विभिन्न समूहबीच मतभेद देखिइरहेका बेला कोइरालाको पार्टीं बिभाजन रोक्न ५ बुदे प्रस्ताव राखेका छन ।

चर्चामा

सम्बन्धित समाचार