मुगु —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको सभापति पदमा बिर्खबहादुर मल्ल बिजयी भएका छन । प्रथम जिल्ला अधिवेशनको नयाँ नेतृत्व चयनको लागि भएको मतदान प्रकृया मल्ल बिजयी भएका हुन । मगंलबार निर्वाचनको मतगणना कार्यमा सभापति पदका उम्मेदवार बिर्ख बहादुर मल्ल ४३ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी मनोज कुमार शाहीले ६ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक सुशिल कुमार भामले जानकारी गराउनु भयो । उपसभापति पदमा राजेन्द्र शाही ३५ मतसहित विजयी भए भने प्रतिद्वन्द्वी विजय कुमार मल्लले १३ मत प्राप्त गरे । सचिव पदमा रामु विक २५ मतसहित निर्वाचित हुँदा नन्द बहादुर मल्लले २१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सदस्य पदमा जयधर्म जैसी ३९ मत, गोर्ख बहादुर कुमाई ३० मत र लालचन्द्र रोकाया ३० मतसहित विजयी भएका त्यसै गरि सदस्य पदमा अर्का उम्मेदवार खडक बहादुर शाहीले २९ मत प्राप्त गरेका छ्न । रास्वपाको प्रथम जिल्ला अधिबेसनमा दुई दिन सम्म आपसी सहमति हुन नसेको मंगलबार निर्बाचन प्रकृया बाट नेतृत्व चयन गरिएको छ ।