मुगुको सोरु गाउँपालिका भौगोलिक रूपमा विकट तर प्राकृतिक र सांस्कृतिक रूपमा सम्भावना बोकेको क्षेत्र हो । वर्तमान समयमा सोरुको विकास, सुशासन र पारदर्शीताको बिषयमा जीवनस्तरलाई लिएर स्थानीयस्तर र सामाजिक सञ्जालमा गम्भीर प्रश्नहरू तेर्सिएका छन ।
दुई तीन अघि सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले आफनो सामाजिक सञ्जाल मार्फत गाउँपालिका प्रति तेर्सिएका केही आलोचन प्रति गम्भिर ध्यानकर्षण भएको भनेर पोष्ट गरे त्यसमा धेरै ब्यक्तिहरुले उल्टै गम्भिर प्रश्न उठाए । सोरुका एक जना नेबिसंघ नेता धर्मराज शाहीले आफनो सामाजिक सञ्जालमा पोष्ट गरेको बिषयमा एक जना बुद्धिजीविले कमेन्ट गरे, सोरुमा मैले सबैसंग संगत गरे सबै उस्तै देखे भाई माटो दोषी हो कि ब्यक्ति दोषी मैले बुझन सकिन यो प्रश्न पनि गम्भिर हो ।
सोरु प्रति तेर्सिएका यी प्रश्नहरू केवल आलोचना मात्र होइनन्, यिनले सोरुको वास्तविक रूपान्तरणका लागि मार्गचित्र खोजेका छन् भन्ने बुझन सकिन्छ । जनताको बिकास सुशासन सेवाप्रवाहको निम्ति स्थापना भएका सबै स्थानीयतहरुमा बेतिथिहरु नभएका होइनन् । तर बढी टिकाटिप्पणी खण्डन सोरु प्रति लक्षित किन भइराखेको छन के सोरुका नागरिक बिकास हेर्न चाहेका छन कि ब्यक्ति लक्षित ढवाङ हो गहिरो रुपमा बुझौ ।
केवल पालिका भित्रकै नागरिकहरुले उठाएका प्रश्न मात्र होइनन् बाहिर बाट पनि सोरु प्रति नकरात्मक प्रश्न उठिरहेका छन । के बढी बेतिथि र अनियमित सोरुमै भएको हो कि या पूर्बाग्राही रुपमा उब्जिएका उब्जाइएका प्रश्न मात्र हुन ।
यस प्रति गम्भिर रुपमा छलफल र बहस गर्नै पर्ने देखिएको छ । तेर्सिएका प्रश्नहरु मेटाउन र बुझाउन सकिएन भने भोली सोरुले पछुताउनु पर्ने र संकट ब्यहोर्नु पर्ने परिस्थिति उत्पन्न हुन सक्छ । के सोरुका निर्वाचित जनप्रतिनिधि महोदयहरुले कामै गर्न नजानेका हुन कि ढंग नपुरयाएका हुन यस बारे गहन समिक्षा गर्न आबश्यक छ ।
सोरुले नेता र मन्त्री पनि नपाएको होइन । जनताको भोटले जितेका चन्द्रबहादुर शाही र मंगलबहादुर शाही प्रदेश मन्त्री भए । ऐनबहादुर शाही संघीय क्याबिनेट मन्त्री बने । मञ्जनबहादुर कार्की जिल्ला समन्वय समितिका प्रमुख छन सोरुले यो भन्दा बढी राज्यको प्रतिनिधित्व के पाउला । यिनी नेता र मन्त्री माथि पनि जनताले गम्भिर प्रश्नहरु पनि तेस्याइरहेका छन ।
बेतिथिहरुलाई न्यूनिकरण गर्न यिनी नेता मन्त्रीहरु किन चुपचाप छन भन्ने प्रश्न उब्जिएका छन । त्यसमा आफू पनि मुचिएर प्रश्नको जवाफ दिन नसकेका हुन कि भन्ने जनता एक खालको प्रश्न छ । एउटा सानो गाउँपालिकामा तीन जना मन्त्रि हुदा पनि कि अनियमित र बेतिथि चाङ भत्काउन सकेका छैनन भनेर जनताले बारम्बार प्रश्न उठाइरहेका छन ।
टाढा बाट अवलोकन गर्ने हो भने सोरु प्रति नागरिकले उठाएका प्रश्नहरु पनि जाहेज त छन । करिव ६१ करोड बेरुजु त्यही पालिकामै देखिएको छ । भीईका जनतालाई एक गाग्री पानी भर्न रातभर लाइन बस्नु पर्ने अबस्था छ सोरु बृहतखानेपानी आयोजना अलपत्र पारिएको छ ।
दश शैया अस्पतालको हालत उस्तै छ । पालिका स्थापना भएको दुई दशक बित्न लागि सक्दा पनि अझै पालिका केन्द्रको टुंगो छैन । आफूलाई जति बेला भनेको काम गर्ने प्रमुख प्रशासकिय अधिकृत ल्याउन हानथापको कुरा आइरहेको छ । अर्कोतिर सोरुमा अख्तियारका मुद्दाहरु अनगिन्ती छन । अख्तियारमा तारेख थाप्ने सोरुको लर्को छन । सोरुमा बस्ती लक्षित योजना भन्दा पनि ब्यक्ति लक्षित योजनाहरु बढी देखिएका छन ।
यस्तै कमी कमजोरीले गर्दा सोरु प्रति बढी प्रश्नहरु तेर्सिएका हुन । अर्को तरिकाले सोरु प्रति हेर्दा पहिले भन्दा अहिले बिकास पनि नभएको त होइनन । सोरुका प्राय बस्तीमा कच्ची सडक पुगेको छ ।
पानीको श्रोत नै नभएका भीई जिमा, सोरुकोट, पुरुमुरु बन्जाहामा सौर्यउर्जा बाट बत्ती बालिएको छ । गुल्मा र नेरघाट बेलिब्रिज निर्माण गरि कर्णाली करिडोर संग सोरु पालिका जोडिएको छ ।
पूर्बाधार निर्माण कार्यलाई गुणस्तर र दिगो बनाउन अनुगमन कार्यलाई जोड दिइएको छ । ज्यालाका रकम कामदारको खातामा हाल्ने गरिएको छ । यस्ता काम हुदा पनि किन सोरु प्रति नकरात्मक प्रश्नहरु तेर्सिरहेका छन त । अब आफू प्रति तेर्सिएका प्रश्नहरु सिरानी भित्र लुकाएर बिकासको बिकुल फुक्न सुहाउने वाला देखिदैन । आफुले खान पाए पछि बिरोध गर्दैनन चुपचाप लाग्छन खान नपाए पनि बिरोधमा उत्रिन्छन भन्ने सोरु प्रति अर्को प्रश्न पनि गम्भिर छ ।
सोरुमा नेता र जनप्रतिनिधिहरुका आफन्तको बढी हालीमुहाली छ तल्लोस्तरका गरिव निमुखा जनता मुक दर्शक छन भन्ने अर्को प्रश्न उठिरहेको छ ।
बिकास बजेट पनि आफन्त लक्षित हुने गरेको जनताको अर्को आरोप छ । अब कतिञ्जेल कहिले सम्म यिनै आरोप प्रत्यारोपका प्रश्नहरु पालिकाले खेपिरहने ।
मकै खाने भालु चोट पाउने कालु उखान सावित भएको छ । सोरुमा कोही कसै ब्यक्तिले बिमान गरे होलान तर समग्र सबै माथि गम्भिर प्रश्न उब्जिरहेको छ । सबैलाई एउटै तराजुमा राखेर तुलना गर्ने गरिएको छ ।
सोरुका जनप्रतिनिधि नेता र मन्त्रीज्यूहरु लाई मेरो आग्रह तपाईहरुका चिल्ला अनुहारको पछाडी फैलिएको दुर्गन्ध छिटो पखाल्ने काम गर्नुहोस । नत्र भोली यो क्यान्सर हुन सक्ला ।