शनिबार, कार्तिक १, २०८३
शनिबार, कार्तिक १, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन, सभापति थापा

कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन, सभापति थापा

  • आइतवार, असार ७, २०८३
कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन, सभापति थापा

काठमाडौ —नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुश्मन नभई प्रतिष्पर्धी भएको बताएका छन् ।चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेस र रास्वपा बीच राजनीतिक प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नभएको बताएका छन ।

रास्वपाले छोटो समयमै प्राप्त गरेको जनमत र राजनीतिक उचाइप्रति आफूलाई लोभ लागेको उल्लेख गर्दै सभापति थापाले भने काँग्रेसलाई रास्वपा भन्दा बलियो र प्रभावशाली बनाउने लक्ष्य रहेको बताए । संसदमा प्रतिस्पर्धी दलको हैसियतले सरकारका राम्रा काममा समर्थन र कमजोरीमा आलोचना गरिने थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार