आइतवार, असार १४, २०८३
आइतवार, असार १४, २०८३
  • होमपेज
  • राजनीति
  • ओली, दाहाल, नेपाल र खनाल एउटै मञ्च बाट कम्यूनिष्ट एकताको जोड

ओली, दाहाल, नेपाल र खनाल एउटै मञ्च बाट कम्यूनिष्ट एकताको जोड

  • आइतवार, असार १४, २०८३
ओली, दाहाल, नेपाल र खनाल एउटै मञ्च बाट कम्यूनिष्ट एकताको जोड

काठमाडौ —पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिएका छन । आइतबार मदन भण्डारीको ७५औँ जन्मजयन्तीको सन्दर्भमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा ओली, दाहाल, नेपाल र खनाल एउटै मञ्चमा देखएका हुन । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारी समेत उपस्थिति रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीहरु ओली, दाहाल, नेपाल र खनालले बामपन्थि शक्तिहरु एक हुनु पर्ने जोड दिएका छन । सबै लोकतान्त्रिक शक्ति मिलेर प्रतिगमन पराजित गर्नु पर्ने एमाले अध्यक्ष एवम पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी र देशभक्तहरू एकताबद्ध हुन ढिला गर्न नहुने बताएका छन ।

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिस्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गरि एक हुनु पर्ने बेला आएका बताउनु भयो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता अत्यन्तै आवश्यक रहेको बताएको बताउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार