काठमाडौ —इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । एक शून्यले पछि परेको अवस्थालाई खेलको अन्तिम समयमा उल्टाउँदै अर्जेन्टिनाले पुनरागमन गर्दै जित गरेको छ ।
अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले १–१ गोल गरे। खेलको ५५औँ मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, इंग्ल्यान्डले अग्रता जोगाउन नसक्दा सेमिफाइनलबाटै बाहिरिएको छ ।
खेलको ८५औँ मिनेटमा कप्तान लियोनल मेसीको पासमा फर्नान्डेलले पहिलो गोल गर्दै अर्जेन्टिनालाई १–१ को बराबरीमा ल्याएका थिए। दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मेसीकै पासमा मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाएका हुन । जितसँगै सन् २०२२ को विश्वविजेता अर्जेन्टिना लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको छ ।