काठमाडौ — नेपाली कम्यूनिष्ट पार्टीका संयोजक एवम पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिगतमा हामीले सरकार बनाउने र ढाल्ने कामलाई मात्र प्राथमिता दिदा राम्रो नदेखिएको बताउनु भयो । नया पुस्ताहरुलाई प्रतिष्ठीत गर्न नसकिएको उनको भनाई छ । देशभक्तलाई गोलबन्द बनाएर नया संकल्प सहित अघि बढनु पर्ने बेला आएको प्रचण्डले बताए ।
प्रचण्डले पुष्पलाल स्मृति दिवसलाई श्रद्धाञ्जली अर्पण गर्ने अवसर मात्र नभई गणतन्त्रका उपलब्धि र पुष्पलालको विचार अनुसार भएको बताउनु भयो । नेपालमा गणतन्त्र भएपछि विकसित भएका थुपै सकारात्मक कुराहरू माथि अत्यन्तै नकारात्मक ढङ्गले झुटप्रचारको प्रहार गरिएको उहाको भनाई छ ।
गणतन्त्रका उपलब्धिहरू माथि पुष्पलालको शिक्षा अनुसार भएको परिवर्तनमाथि हमला गरेको छ, यसको विरुद फेरी एउटा नयाँ अभियान सञ्चालन गर्ने संकल्पको दिनको रूपमा रहेको जानकारी गराउनुभयो ।।