मुगु —नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सहकार्य गर्न भएको सहमति बमोजिम कर्णालीमा नेकपाले सरकारको नेतृत्व गर्ने भएको छद । कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पाटी नेकपा बाट संसदीय दलको नेतृत्व मंगलबहादुर शाहीले नै गरि रहेको हुदा उनी मुख्यमन्त्री बन्ने भएका छन ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा शनिबार सहमति पत्रमा हस्ताक्षर भएसंगै कर्णाली प्रदेशमा सरकारको नेतृत्व गर्ने जिम्मा नेकपाको भागमा परेको छ । दुई पार्टी बीच सहमति अनुसार नया सरकार गठनको प्रकृया संबैधानिक ब्याबस्था बमोजिम अघि बढने छ र सरकारको नेतृच्व नेकपाले गर्ने भएको छ ।
कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेसले गत असार ३१ समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यामलाल कँडेल नेतृत्व सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री कँडेलले पनि पदबाट राजीनामा दिइ सकेको हुदा नया सरकार गठनको प्रकृया अघि बढने भएको छ । संघीयता लागु संगै प्रदेश सरकार गठन भए पश्चात मुगुले पहिलो पटक मुख्यमन्त्री पाउने भएको छ ।