काठमाडौ —कर्णाली प्रदेशको राजनीतिमा मुगु जिल्लाबाट उदाएका प्रभावशाली नेता मंगलबहादुर शाही नेपाली कम्युनिस्ट आन्दोलन र जनयुद्धको पृष्ठभूमिबाट स्थापित नेता हुन ।
हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलका नेता तथा प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा अघि सारिएका शाहीको राजनीतिक यात्रा निष्ठा, सङ्घर्ष र दृढ सङ्कल्पको इतिहास हो
शाहीको राजनीतिक यात्राको सुरुआत २०४५ सालमा तत्कालीन अनेरास्ववियुबाट भएको थियो। विकट हिमाली जिल्ला मुगुमा जन्मिएका उनले आफ्नो प्रारम्भिक राजनीति अध्ययन र सामाजिक चेतना फैलाउने कामबाट थालेका थिए ।
२०५४ सालमा नेकपा (एमाले) को इलाका कमिटी सचिव बनेर पार्टी राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न थालेका उनी कानुन बिएल अध्ययनतर्फ पनि सक्रिय रहे। देशमा चर्किएको जनयुद्ध र राजनीतिक परिवर्तनको लहरसँगै शाहीले स्थायी शिक्षक पेसा छोडेर २०५८ सालमा तत्कालीन नेकपा (माओवादी) मा सम्बद्ध भई भूमिगत राजनीतिमा होमिए। सशस्त्र सङ्घर्षको कठिन समयमा मुगु र आसपासको विकट क्षेत्रमा पार्टी सङ्गठन निर्माण र राजनीतिक चेतना अभिवृद्धि गर्न उनले अग्रपंक्तिमा रहेर काम गरे ।
उनी २०५९ सालमा माओवादीको मुगु जिल्ला सचिव भए भने शान्ति प्रक्रियापछि २०६४ सालमा पुनः जिल्ला सचिवका रूपमा सङ्गठनलाई सुदृढ बनाए ।
संसदीय राजनीति र पार्टी सङ्गठन दुवै क्षेत्रमा उत्तिकै पकड भएका शाही नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा मुगु जिल्ला इन्चार्जका रूपमा लामो समय क्रियाशील रहे। शाहीले बीचमा नेकपा माओबादी केन्द्र छोडेर शाही बिप्लबतिर समेत लागेका थिए ।
मुगुको भूगोल, समाज र त्यहाँका जनताका समस्यालाई नजिकबाट बुझेका कारण उनी कर्णालीका एक लोकप्रिय र जनप्रिय नेताका रूपमा स्थापित भए। २०७९ सालको प्रदेशसभा निर्वाचनमा मुगुबाट निर्वाचित भई उनी कर्णाली प्रदेशसभामा प्रवेश गरे।
प्रदेशसभा सदस्यका रूपमा कर्णालीको विकास, पूर्वाधार, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका विषयमा निरन्तर आवाज उठाउँदै आएका शाहीलाई पार्टीले कर्णाली प्रदेशसभा संसदीय दलको नेताको जिम्मेवारी सुम्पियो ।
कर्णाली प्रदेशमा पछिल्लो राजनीतिक समीकरण र सत्ता हेरफेरका क्रममा शाही मुख्यमन्त्रीमा नियुक्त भएका छन । कर्णाली प्रदेशमा मुख्यमन्त्री बन्ने शाही पाचौ परेका छन । संघीयता लागु भएदेखि मुगुले पनि पहिलो पटक मुख्यमन्त्री पद पाउदा जिल्लाबासी खुशी भएका छन ,।
एमाले र नेकपाबीच भएको नयाँ सहमतिअनुसार कर्णाली सरकारको नेतृत्व नेकपाले गर्ने निर्णय भएसँगै संसदीय दलका नेता शाही कर्णालीको नयाँ मुख्यमन्त्रीका रूपमा अघि बढेका हुन्।
कर्णाली प्रदेशको भौगोलिक विकटता, गरिबी र पछाडि परेको आर्थिक–सामाजिक अवस्थालाई नजिकबाट बुझेका शाहीका लागि राजनीति सत्ताप्राप्तिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको औजार बन्यो। उनी मुगुबाट प्रदेश सभा सदस्यका रूपमा निर्वाचित भएसँगै प्रदेशको नीति निर्माण प्रक्रियामा सक्रिय भए।
प्रदेश सभामा उहाँले कर्णालीको सडक सञ्जाल, स्वास्थ्य सेवामा सुधार, शिक्षाको गुणस्तर र रोजगारीका अवसर सिर्जना गर्ने विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्।
विशेषगरी ’कर्णाली राजमार्ग’को स्तरोन्नति र मुगु दुर्गम गाउँहरूमा पूर्वाधार विकासका लागि उनले खेलेको संसदीय भूमिकालाई उच्च मूल्याङ्कन गरिन्छ।
नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेता चयन हुनु शाहीको राजनीतिक जीवनको एक महत्त्वपूर्ण मोड थियो। दलभित्रका विभिन्न गुट र विचारहरूलाई मिलाएर लैजाने उनको समन्वयकारी क्षमताका कारण उनले सर्वसम्मति वा व्यापक समर्थनका साथ यो जिम्मेवारी पाएका थिए ।