काठमाडौ —नेपाली कांग्रेसका पूर्व सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेता होइन नागरिक बनेर आफु स्वदेश फर्किएको बताएका छन । बिहीबार नेपाल फर्किएका देउवाले अन्तराष्टिय त्रिभुवन विमानस्थलमा आफूविरुद्ध भइरहेका कानुनी कारबाही र राजनीतिक षड्यन्त्रबाट आफू नडराउने बताएका छन । आफूहरूविरुद्ध अन्तर्राष्ट्रिय स्तरमै मुद्दा अघि बढाउने प्रयास भए पनि त्यसले कुनै परिणाम नदिएको उनको दाबी थियो । देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले समेत आफूलाई केही गर्न नसकेको भन्दै अहिले आफूविरुद्ध लाग्नेहरूले पनि केही गर्न नसक्ने बताएका छन ।
नेपाली जनता सबैभन्दा ठूलो हो, जनता मालिक हो । मालिकले जे भन्यो त्यही हुन्छ,’ देउवाले बताए । आफूविरुद्ध भइरहेका गतिविधिबारे अन्ततः समयले नै फैसला गर्ने उनको भनाइ थियो ।