मुगु —कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले जाजरकोटको विपद् घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुटन निर्देशन दिनु भएको छ । शनिबार देखि परेको अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका वडा नं. २, क्षेत्रमा गएको पहिरोमा परी एक जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता छन । मुख्यमन्त्री शाहीले बिपद परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्यको कामना गर्दै प्रभावितहरूलाई तत्काल सहयोग पु¥याउने निर्देशन दिनु भएको छ ।मुख्यमन्त्री मंगलबहादुर शाहीले जाजरकोटको विपद्लगत्तै प्रदेश सरकारले सक्रियता देखाएको उद्धार कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ ।