काठमाडौ —नेपाली कांग्रेसका पूर्वसभापति एवम पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले नेता–कार्यकर्ताहरूलाई आ–आफ्नो क्षेत्रमा उद्दार कार्यमा खटिन अनुरोध गर्नु भएको छ ।
बुधबार बिहान रसुवामा आकस्मिक रुपमा आएको भीषण बाढीपछि देउवाले आफनो समाजिक सञ्जाल फेसबुक मार्फत पार्टीपंक्तिलाई स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा उद्दार कार्यमा खटिन अनुरोध गर्नु भएको छ । पूर्ब प्रधानमन्त्री देउवाले रसुवादेखि नुवाकोट, धादिङ, चितवन लगायतका त्रिशुली नदी किनार क्षेत्रमा असर पुग्न सक्ने भन्दै समयमै सुरक्षित रहन आग्रह गर्नु भएको छ ।