शुक्रबार, भदौ १२, २०८३
शुक्रबार, भदौ १२, २०८३
  • होमपेज
  • राजनीति
  • कर्णाली प्रदेशमा एक महिनापछि सरकारद्वारा मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेशमा एक महिनापछि सरकारद्वारा मन्त्रिपरिषद् विस्तार

  • शुक्रबार, भदौ १२, २०८३
कर्णाली प्रदेशमा एक महिनापछि सरकारद्वारा मन्त्रिपरिषद् विस्तार

मुगु – कर्णाली प्रदेश सरकारमा करिव एक महिना पछि मन्त्रिपरषद बिस्तार गरिएको छ । मंगलबहादुर शाही मुख्यमन्त्रि नियुक्त भएको एक महिना पछि मन्त्रिपरिषदल् पूर्णता पाएको छ । बिहिबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तीन मन्त्री नियुक्त संगै पद तथा गोपनियताको शपथ लिएपछि प्रदेश सरकारले मन्त्रिमण्डल पूर्णता भएको छ ।

नवनियुक्त मन्त्रीहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मिलन खड्का र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का छन्। खड्काद्वय रुकुम पश्चिमका हुन भने लामा हुम्लाकी हुन । केही दिन अगाडी एमाले बाट तीन जना मन्त्रि नियुक्त गरिएको थियो ।

जस अनुसार टेकराज पछाई आर्थिक मामिला तथा योजना मन्त्रि जितबहादुर मल्ल सामाजिक विकास मन्त्रि र कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकास मन्त्रिमा नियुक्त भएका छन । गत १२ साउनमा नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका मंगलबहादुर शाहीले २९ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेनन । एमालेसँग मन्त्रालय भागवण्डामा कुरा नमिल्दा शाहीले २३ दिनसम्म एक्लै सरकार चलाएका थिए । ३ भदौमा विश्वासको मत लिनुअघि एमालेसँग कुरा मिलेपछि शाहीले एमालेका तीन जना मन्त्रि नियुक्त गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार