काठमाडौ —प्रधानमन्त्री बालेन शाह वालेनले बाढी प्रभावित क्षेत्रमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूको साहस र योगदानको उच्च प्रशंसा गर्नु भएको छ ।
प्रधानमन्त्री शाहले आइतबार साझ सामाजिक सञ्जाल फेसबुक मार्फत रसुवा भोटेकोशी बाढी पहिरोको उद्धार कार्यमा खटिएका तीनवटै सुरक्षा नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाहरुको साहस र योगदान उच्च प्रशंसा गर्नु भएको छ ।
निकायको संयुक्त प्रयासमा हालसम्म १३ हजार ३ सय ९१ जनाको उद्धार गरिएको छ । सुरक्षाकर्मीहरुले स्थलमार्ग, हेलिकप्टरमार्फत र कहीँकतै आफ्नै काँधमा बोकेर समेत घाइतेहरूलाई तत्काल अस्पताल पु¥याएको प्रधानमन्त्रीको भनाई छ ।
यो विपद्मा हाम्रा सुरक्षाकर्मीहरूले कैयौँ उदारहणीय काम गर्नु भएको छ। कठिन भूगोल छ। प्रतिकूल मौसम छ। तर, हाम्रा सुरक्षाकर्मीहरू बाढीले थुपारेको दलदल र भग्नावशेषमा खोस्रिरहनुभएको प्रधानमन्त्री शाहले भन्नुभएको छ ।
तपाईंहरूले आफ्नो थकान र तनाव भुल्नुभएको छ, अहोरात्र खटिरहनुभएको छ, खोजिरहनुभएको छ, उद्धार गरिरहनुभएको छ।
हामीलाई थाहा छ तपाईंहरु पनि साथीहरु गुमाएको पीडामा हुुनुहुन्छ उहाको भनाई छ
प्रधानमन्त्री शाहका अनुसार पीडामा आँशु लुकाएर दलदलमा पसिरहनुभएको छ। सकिनसकी शव उठाइरहनुभएको छ। होल्डिङ सेन्टरमा दिनरात पहरेदारी दिइरहनुभएको छ। अझै पनि बाढी आउन सक्ने सूचना आएकाले सर्तक रहन माइकिङ गर्दै हिँडिरहनुभएको छ।