काठमाडौ —रसुवाको बाढी प्रभावित पिडित नागरिकहरुलाई गैरआवासीय नेपाली संघ एनआरएनएले राहत समाग्री सहयोग गरेको छ
गत भदौ १० गते गएको भोटेकोशी रसुवा विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवामा गैरआवासीय नेपाली संघ एनआरएनको तर्फ बाट राहत वितरण गरिएको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ ।
स्याफ्रुबेँसी बाट विस्थापित भई गोसाइँकुण्ड गाउँपालिका–५, ठूलो स्याफ्रुमा आश्रय लिएर बस्नुभएका करिब १५० घरपरिवारका पिडित स्थानीयलाई एनआरएनएको तर्फबाट आवश्यक खाद्यान्न तथा राहत वितरण गरेको गैरआवासीय नेपाली संघ एनआएएनकी उपाध्यक्ष रोजिता प्रधान राईले जानकारी गराउनु भयो
यस राहत कार्यमा सहयोग गर्नुहुने गोसाईकुण्ड धबमब १ का अध्यक्ष उर्गेन लामाको सहजीकरणमा एनआरएनए पदाधिकारी, स्वयंसेवक तथा स्थानीय जनप्रतिनिधिहरुको रोबहरमा राहत उपलब्ध गराइएको छ ।
पीडित परिवारहरूको दुःख र कठिनाइलाई नजिकबाट महसुस गर्दै, यस्तो विपद्को समयमा एनआरएनएले नेपालीको साथ रहेको उपाध्यक्ष राईको भनाई छ ।