काठमाडौ— नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति सिग्देल भदौ २८ देखि असोज ३ गतेसम्म (१३–१९ सेप्टेम्बर २०२६) चीनको औपचारिक भ्रमणमा रहनुहुने नेपाली सेनाले जनाएको छ ।
भ्रमणका क्रममा उहाँले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान फोरम (Beijing Xiangshan Forum मा समेत सहभागिता जनाउनुहुने कार्यक्रम छ ।
प्रधानसेनापति सिग्देल चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गर्नुभएको थियो ।