काठमाडौँ — काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले उपत्यकाभित्र सञ्चालन भइरहेको रात्रिकालीन बस सेवालाई दिगो र प्रभावकारी बनाउन प्रयासमा गरि रहेको बताएकी छन् ।
गत वैशाख १ गतेदेखि सुरु गरिएको रात्रिकालीन बस सेवालाई सर्वसाधारण तथा शुभेच्छुकहरूको सुझावका आधारमा विस्तार गर्न लागिएको हो। आगामी असोज ३ गतेदेखि चक्रपथ (रिङरोड) क्षेत्रमा दुवै तर्फ (दुईतर्फी) गुड्ने गरी थप ८ वटा विद्युतीय बस सञ्चालनमा ल्याइने तयारी पूरा भएको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिइन्।
रात्रिकालीन यातायात सेवालाई दीर्घकालीन र दिगो बनाउन काठमाडौँ महानगरले बस गुड्ने अन्य स्थानीय तहहरूसँग निरन्तर परामर्श र सहकार्य गरिरहेको छ। यसक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, बुढानीलकण्ठका प्रमुख मिठाराम अधिकारी, चन्द्रागिरीका प्रमुख घनश्याम गिरी, गोदावरीका प्रमुख गजेन्द्र महर्जन र कीर्तिपुरका प्रमुख कृष्णमान डंगोललगायत सम्बन्धित पालिकाका प्रमुख तथा उपप्रमुखहरूसँग पटक–पटक बैठक र परामर्श गरिएको छ।
त्यस्तै, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र मध्यपुर थिमीका प्रमुख सुरेन्द्र श्रेष्ठसँग उहाँहरूकै कार्यालयमा पुगेर सहकार्यको औपचारिक प्रस्ताव राखिएको छ। उक्त प्रस्तावप्रति सबै नगर प्रमुखहरू उत्साहित हुनुका साथै सेवा सञ्चालनमा अपनत्व ग्रहण गर्न तयार भएका छन्।
साझा यातायातसँगको सहकार्यमा पूर्ण रूपमा विद्युतीय बसमार्फत यो सेवा सञ्चालन गरिनेछ। काठमाडौँ उपत्यकामा रात्रिकालीन जीवनशैली (नाइट लाइफ) लाई प्रवद्र्धन गर्न र सर्वसाधारणको सहज आवागमनका लागि सबै निकाय मिलेर यो सेवालाई दिगो बनाउन लागिपर्ने कार्यवाहक प्रमुख डंगोलको भनाइ छ।