काठमाडौ —हनुमान ढोका वसन्तपुर दरबार क्षेत्रमा आज देखि बिधिवत रुपमा इन्द्रजात्रा पर्व सुरु भएको छ । हनुमानढोका अगाडी धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएर जात्राको सुरुआत गरिएको हो इन्द्रजात्रा आयोजक समितिले जनाएको छ
भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर जात्रा सुरु गर्ने प्रचलन हो । नेवारी चलन अनुसार बिभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरेर आठ दिन सम्म यो इन्द्रजात्रा मनाइन्छ । इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने चलन छ ।