काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाहले रसुवा भोटेकोशी बाढीका कारण नेपालले ठूलो जनधनको क्षति बेहोरेको बताउनु भयो । संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै प्रधानमन्त्री शाहले यी सबै समस्या नेपालका कारण नभएर विश्वव्यापी जलवायु परिवर्तका कारण सिर्जना भएको उल्लेख गरे कुनै पनि देशलाई दोष नलगाउने र त्यस मुद्दालाई भूराजनीतिको विषय बनाउने उद्देश्य नेपालको नरहेको प्रधानमन्त्री शाहले स्पष्ट पारेका छन्।
प्रधानमन्त्री शाहले विपद्पछि नेपालमा सिर्जना भएको चुनौतीपूर्ण अवस्था सहयोग गर्न पनि विश्व समुदायलाई अपिल गर्नु भएको छ । फागुन २१ को निर्वाचन नेपालको इतिहासकै शान्तिपूर्ण र निष्पक्ष भएको प्रधानमन्त्री शाहले बताउनु भएको छ ।