आइतवार, अशोज ११, २०८३
आइतवार, अशोज ११, २०८३
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री शाहको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक

प्रधानमन्त्री शाहको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक

  • शुक्रबार, अशोज ९, २०८३
प्रधानमन्त्री शाहको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक

काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाह वालेनले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति जेनजी नेतृत्व तहका युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन । उनीहरूले नेपालको राष्ट्रिय हित, जलवायु न्याय, विपद् तथा विश्वव्यापी शासन प्रणालीका विरोधाभासलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा उठाइएको भन्दै अब त्यसलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताएका छन ।

जेनजी नेता रवि किरण हमालले प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा उठाउनुपर्ने विषयवस्तुहरू सम्बोधनमा समेटिएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन ।

विश्वको सबैभन्दा कान्छो सरकार प्रमुखको रूपमा नेपालको प्रतिनिधित्व गर्नु युवाहरूका लागि सुखद र आनन्ददायक कुरा हो,” हमालले भनेका छन्।

उनले नेपालले विश्वमञ्चमा उठाएका मुद्दालाई अब ठोस कूटनीति, संस्थागत सुधार, आर्थिक विकास र राष्ट्रिय क्षमतामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार