मुगु—नेपाली कांग्रेस सभापति तथा पूर्ववनमन्त्री ऐनबहादुर शाही देउवा पक्षको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन ।
पूर्ववनमन्त्री शाही गृहजिल्ला मुगुको सोरु गाउ“पालिका—२ मा सम्पन्न कांग्रेसको वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन हुनु भएको जिल्ला संयोजक कर्ण रावलले जानकारी गराए । मुगुमा कांग्रेस देउवा पक्षको असोज १५ गते देखि वडा अधिबेसन उत्साह पूर्वक भइरहेको छ । कुनै बिबाद रहित तरिका बाट वडाअधिबेसन भएको रावल ले बताए ।
मुगु जिल्लाका ४ वटै स्थानीयतहमा समेत संयोजकहरू तोकेर अधिवेशन गर्न पाउ“दा नेता कार्यकर्ताहरुलाई थप उत्साह थपिएको उनको भनाई छ ।
छायानाथ रारा नगरपालिका २ वटा वडाबाहेक अरु सबै वडामा अधिबेसन उत्साह पूर्वक सम्पन्न भएको छ । जिल्ला संयोजक रावलका अनुसार जिल्लाका वाकी वडाहरुमा भोली वडा अधिबेसन सम्पन्न गरि छ ।
सोरु गाउ“पालिकमा पनि २ वटा वडा बाहेक अरु वडाहरुमा अधिबेशन सम्पन्न भएको छ । उक्त बाकी वडामा पनि आज भोली सम्पन्न गर्ने लक्ष्य राखिएको छ । खत्याड र मुगुम कार्मारोङ गाउ“पालिकमा पनि वडाअधिबेसन धमाधम भइरहेको जिल्ला संयोजक रावलले जानकारी गराए । जिल्ला संयोजक रावलका अनुसार जिल्लाका वाकी वडाहरुमा भोली वडा अधिबेसन सम्पन्न गरि छ ।
असोज १५ गते बाट सुरु भएको वडाअधिवेशन ४५ वडा मध्ये हाल सम्म २५ वटा वडाको अधिवेशन सम्पन्न भईसकेका छन भने बा“की वडाहरुको अधिवेशन चलिरहेको छ ।असोज १५ गते वडा , २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा एक नम्बर क्षेत्र रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन, र जिल्ला अधिवेशन गर्ने तयारी भई रहेको केन्द्रीय प्रतिनिधि तिलकबहादुर मल्लले बताए पार्टीले मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको मल्लको भनाई छ ।