सोमवार, अशोज १९, २०८३
सोमवार, अशोज १९, २०८३
  • होमपेज
  • राजनीति
  • राजनीतिक परिवर्तनलाई आर्थिक विकाससँग जोड्नुपर्छ, सभापति गगन थापा

राजनीतिक परिवर्तनलाई आर्थिक विकाससँग जोड्नुपर्छ, सभापति गगन थापा

  • आइतवार, अशोज १८, २०८३
राजनीतिक परिवर्तनलाई आर्थिक विकाससँग जोड्नुपर्छ, सभापति गगन थापा

काठमाडौ —नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक परिवर्तनलाई आर्थिक विकाससँग जोड्नुपर्ने बताएका छन । कांग्रेसको १५औँ महाधिवेशन उघाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले राजनीतिक परिवर्तन भए पनि त्यसअनुसार आर्थिक तथा सामाजिक परिवर्तन हुन नसकेको जनाएका छन ।
राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनमा अनुभूत हुने सेवा, अवसर र आर्थिक विकाससँग जोड्न नसकिए लोकतन्त्रप्रतिको विश्वास कमजोर हुने उनले बताए।

कांग्रेसले विगतमा धेरै निर्वाचन जितेको र धेरै निर्वाचन हारेको उल्लेख गर्दै थापाले निर्वाचनमा हारलाई निराशाको कारण बनाउन नहुने बताए। ३५ वर्षदेखि युद्ध किन व्यहो¥यौँ? शान्ति प्रक्रियामा पनि यही भयो। यही ३५ वर्षभित्र सबै गाउँ रित्तियो। किन रोजगारी भएन? युवा किन पलायन भयो?” उनले प्रश्न गरे।

बदलिएको कांग्रेसले यो देश पनि बदल्छ भन्ने विश्वास लिएर यो महाधिवेशनबाट जानुपर्ने छ। यो सफल पारेर ऊर्जा लिएर जानुपर्ने छ,” उनले भने। रसुवामा आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको स्मरण गर्दै उनले यस्तो परिस्थितिमा महाधिवेशन गर्न आफूहरूलाई सहज नभएको बताए।

सभापति थापाले पछिल्ला राजनीतिक घटनाक्रमबाट कांग्रेसले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन । लामो समयदेखि एउटै नेतृत्व, एउटै पद र सत्ताको वरिपरि केन्द्रित राजनीतिक अभ्यासले जनतामा सबै दल र नेता उस्तै हुन् भन्ने धारणा विकास भएको सभापति थापाको भनाई छ ।

सभापति थापाले कांग्रेसले तत्कालको राजनीतिक लाभका लागि सिद्धान्तमा सम्झौता गर्न नहुने बताए। निर्वाचनमा हार–जितलाई मात्रै राजनीतिक सफलताको मापदण्ड बनाउन नहुने भन्दै उनले मूल्य र मान्यतामा आधारित राजनीति गर्नुपर्नेमा जोड दिए।

“हामी लालुपाते होइनौँ, हामी प्रस्ट हुन्छौँ। सिद्धान्तमा अडिनुपर्दा पाँचवटा चुनाव हार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ,” उनले भने।थापाले उद्योगी तथा व्यवसायीलाई सम्मान गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए। निजी क्षेत्रलाई केवल कर उठाउने स्रोतका रूपमा नभई उत्पादन, रोजगारी सिर्जना र आर्थिक विकासको साझेदारका रूपमा हेर्नुपर्ने उनको धारणा थियो।

चर्चामा

सम्बन्धित समाचार