काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काठमाडौंको खुलामञ्चमा आयोजित राजनीतिक कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नु भएको छ ।
आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले खुलामञ्च राम्रो बनाइएको उल्लेख गर्नु भएको छ । प्रधानमन्त्री शाहले लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’
आइतबार नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उदघाटन समारोह खुलामञ्चमा आयोजना गरेको छ । खुलामञ्च काठमाडौंको सार्वजनिक तथा ऐतिहासिक महत्व बोकेको स्थल हो । पछिल्लो समय यसको संरक्षण, व्यवस्थापन तथा राजनीतिक कार्यक्रमका लागि प्रयोग गर्ने विषयमा विभिन्न बहस हुँदै आएका छन ।