मङ्लबार, अशोज २०, २०८३
मङ्लबार, अशोज २०, २०८३
  • होमपेज
  • News
  • भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्यलाई स्थगन गर्ने सरकारको निर्णय

भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्यलाई स्थगन गर्ने सरकारको निर्णय

  • सोमवार, अशोज १९, २०८३
भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्यलाई स्थगन गर्ने सरकारको निर्णय

काठमाडौ —सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनस्र्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ।

जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्था समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनसमेतको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो ।
बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार