काठमाडौ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन चलिरहदा कर्णाली प्रदेशको कांग्रेसभित्र आन्तरिक राजनीतिक फेरबदल भएको छ । लामो समयदेखि पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेर राजनीति गर्दै आएका कर्णालीका प्रभावशाली नेताहरू संकटको बेला चटक्कै छोडेर सभापति गगन थापा पक्षतर्फ लागेर महाधिबेसनमा होमिएका छन ।
तर, बदलिँदो राजनीतिक समीकरणका बीच मुगु कांग्रेस सभापति एवम पूर्ववनमन्त्री ऐनबहादुर शाही ठकुरी भने यति बेला कांग्रेस देउवा पक्षको १५ औ महाधिबेसन तयारीको लागि गृह जिल्लाको गाउ“बस्तस्मा होमिएका छन ।
कर्णालीका देउवा पक्षका प्राय सबै नेताहरुले कित्ता परिवर्तन गरेर सभापति गगनतिर लागेको अबस्थामा शाही भने कर्णालीमा देउवा पक्षको संगठन र राजनीतिक विरासत जोगाउन दौडधुप गरि रहेका छन ।
पहिले कांग्रेस विभाजन भएर तत्कालीन प्रजातान्त्रिक कांग्रेस गठन भएदेखि नै देउवा पक्षमा रहेर राजनीति गर्दै आएका शाहीले आफूले लामो समयदेखि बोकेको राजनीतिक निष्ठा क्षणिक स्वार्थका लागि परिवर्तन नगर्ने सन्देश दिएका छन ।
कांग्रेस संस्थापन इतर पक्षको १५ औ महाधिबेसन अन्त्र्रगत अहिले वडाअधिबेसन सकेर पालिका अधिबसन सुरु भएको छ ।
देउवा पक्षबाट विगतमा राजनीतिक अवसर र सहयोग पाएका नेता तथा कार्यकर्ताले अहिले सभापति गगन थापामा लागेर काठमाडौ खुलामञ्चमा सुरु भएको १५ औ महाधिबेसन पदका लागि होमिरहेका छन ।
तर, शाही भने त्यस्ता राजनीतिक उतारचढावबाट विचलित देखिँदैनन । उनी अहिले देउवा पक्षका नेता तथा कार्यकर्तासँग निरन्तर भेटघाट, छलफल र समन्वय गर्दै १५ औ महाधिबेसनका लागि वडा, पालिका, प्रदेश अधिबेसन सफल पार्न कर्णाली क्षेत्रमा खटिका छन ।
बदलिँदो समीकरणबीच अडिग शाही
कर्णाली कांग्रेसमा देउवाका निकट मानिएका प्रभावशाली नेताहरू पूर्णबहादुर खड्का, जीवनबहादुर शाही र ललिजङ्ग शाही, कान्तिका सेजुवाल, राजिव बिक्रम शाह, गायत दर्जन प्रभावशाली नेताहरू अहिले गगन थापा पक्षतर्फ उभिए महाधिबेसनमा सहयोग समर्थन गरि रहेका छन । तर पछिल्लो पटक पूर्णबहादुर खडका अहिले बीच धारमै देखिएका छन ।
मुगु जिल्लामा पनि पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल, सभासद् खड्गबहादुर शाही, पार्टी उपसभापति तथा पूर्वमेयर हरिजङ्ग शाही, जिल्ला समन्वय प्रमुख मञ्जनबहादुर कार्की नगरपालिका प्रमुख बिष्णु कुमार भाम, सोरु गाउँपालिकाकी उपाध्यक्ष केसरबहादुर शाही लगायतका नेताहरू सभापति गगन पक्षमा उभिर १५ औ महाधिबेसन अन्त्र्रगत वडा, पालिका, प्रदेश अधिबेसन सफलता पूर्वक सम्पन्न गरि केन्द्रीय अधिबेसनमा होमिएका छन ।
तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा देउवाकै कोटाबाट संघीय वनमन्त्री बनेका ऐनबहादुर शाही भने एक्लो महसुस भइरहदा पनि कठिन राजनीतिक परिस्थितिमा समेत देउवाको साथ भने छोडेका छैनन । उनी संग जिल्लामा अहिले तिलक मल्ल, कर्णबहादुर रावल लगायत केही नेताहरु मात्र साथमा छन ।
राजनीतिक वृत्तमा अहिले शाहीलाई कर्णालीमा देउवा पक्षको निरन्तरता दिने प्रमुख नेताका रूपमा हेरिन थालेको छ । कर्णालीमा प्रभावशाली अरु नेताहरुले पनि उनलाई देउवा छोडेर गगनपक्षमा लाग्ने आग्रह गर्दा पनि उनले देउवाकै साथ नछाडने बचन दिएका छन ।
‘देउवाको सहयोग बिर्सन सक्दिनँ’
आफ्नो राजनीतिक अडानबारे शाही स्पष्ट छन्। उनका अनुसार राजनीतिक जीवनमा आफूलाई देउवाले गरेको सहयोग सदभावका कारण बिर्सन सकिँदैन।
“सभापतिज्यू देउवाले मलाई गरेको सहयोग म कहिल्यै बिर्सन सक्दिनँ। हिजो पनि देउवा पक्षमै रहेर राजनीति गरेँ, आज पनि उहाँकै साथमा छु। क्षणिक स्वार्थका लागि देउवा त्यागेर अर्कोतिर लाग्न सक्दिनँ,” शाहीको भनाइ छ।
शाहीका लागि यो केवल गुटको राजनीति नभई लामो राजनीतिक यात्रासँग जोडिएको विषय हो। कांग्रेस विभाजनका बेलादेखि देउवासँगै रहँदै आएका उनले राजनीतिक संकटको समयमा साथ छोड्नु उचित नहुने धारणा राख्दै आएका छन्।
हालैको राजनीतिक घटनाक्रमप्रति संकेत गर्दै उनले देउवा परिवारमाथि भएको आक्रमण र त्यसबाट देउवा दम्पती घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै आफु संघै देउवाका साथ रहने प्रतिबद्धता गरेका छन ।
संकटका बेला आफूले साथ दिनुपर्ने व्यक्ति र नेतृत्वलाई छोडेर अर्को कित्तामा जानु राजनीतिक निष्ठासँग मेल नखाने उनको बुझाइ छ ।
अवसरभन्दा निष्ठालाई प्राथमिकता
शाहीको राजनीतिक अडानलाई कतिपयले ‘निष्ठाको राजनीति’सँग जोडेर हेरेका छन्। राजनीतिक जीवनमा विभिन्न उतारचढाव र संघर्ष पार गर्दै अहिलेको अवस्थामा पुगेको भन्दै उनले अरू नेताहरूले कित्ता परिवर्तन गर्दैमा आफू विचलित नहुने बताएका छन्।
देउवाबाट लामो समयसम्म राजनीतिक अवसर र सहयोग पाएका नेताहरूले नै कठिन समयमा साथ छोडेकोप्रति भने शाही सन्तुष्ट छैनन्।
“यस्तो संकटको बेला देउवालाई झन् सहयोग गर्नुपर्ने अवस्था हो। तर, चटक्कै साथ छोडेर जानु मलाई राम्रो लागेन,” उनी भन्छन्, “राजनीति भनेको गर्दै जाने हो। कहिले सफल भइन्छ, कहिले असफल भइन्छ। तर, साथ छोड्नु उचित होइन।”
उनको यो अभिव्यक्तिले अहिले कांग्रेसभित्र देखिएको गुटगत ध्रुवीकरणप्रति उनको दृष्टिकोण पनि स्पष्ट पार्छ।
संगठन जोगाउने चुनौती
नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन सफल पार्न कर्णालीमा दुवै पक्षले संगठन विस्तार र आफ्ना समर्थकलाई सक्रिय बनाउने प्रयास गरिरहेका छन्। देउवा पक्ष कमजोर हुँदै गएको अवस्थामा शाहीले भने आफ्नो समूहका नेता तथा कार्यकर्तालाई बिचली नभई एकताबद्ध बनाउने प्रयास गरिरहेका छन्।
वडा तहसम्मको संगठनलाई सक्रिय बनाउने, कार्यकर्तासँग प्रत्यक्ष सम्पर्क बढाउने र पुराना नेता–कार्यकर्तालाई आफ्नो पक्षमा टिकाइराख्ने प्रयासमा शाही सक्रिय रहेको उनका निकटस्थहरूको भनाइ छ।
कर्णालीका अधिकांश प्रभावशाली नेता सभापति गगन थापातिर गएको अबस्थामा देउवा पक्षमा शाहीको निरन्तर सक्रियताले उनको राजनीतिक भूमिकालाई थप महत्वपूर्ण बनाएको देखिन्छ ।
यद्यपि, बदलिँदो परिस्थितिमा एउटा व्यक्तिको सक्रियताले मात्रै कर्णालीमा देउवा पक्षको पुरानो प्रभाव कायम राख्न कति सम्भव हुन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। संगठनको तल्लो तहसम्म रहेको सम्बन्ध, व्यक्तिगत प्रभाव र पुराना कार्यकर्तासँगको सम्पर्कलाई उनले आफ्नो राजनीतिक शक्ति बनाउने प्रयास गरिरहेका छन्।
सदस्यता नवीकरणभन्दा पुरानो सम्बन्धमा भरोसा
रोचक पक्ष के छ भने देउवा पक्षमा सक्रिय रहेका शाहीले आफ्नो पार्टी सदस्यता अध्यावधिक समेत नगरेको बताइएको छ। उनले भने पुराना पार्टी सदस्य र आफूले लामो समयदेखि विश्वास गर्दै आएको राजनीतिक सम्बन्धलाई आधार बनाएर अघि बढिरहेको धारणा राखेका छन्।
यसले पनि उनको अहिलेको सक्रियता केवल महाधिवेशन केन्द्रित गुटगत प्रतिस्पर्धाभन्दा बढी व्यक्तिगत राजनीतिक सम्बन्ध र लामो समयको निष्ठासँग जोडिएको देखाउँछ।
देउवा पक्षको ‘अन्तिम मोर्चा’?
कर्णालीमा देउवा निकट मानिएका अधिकांश प्रभावशाली नेताहरूले अहिले गगन थापा पक्षलाई साथमा लागेको बेला ऐनबहादुर शाहीको भूमिका थप चर्चामा आएको छ।
उनको सक्रियता कर्णालीमा देउवा पक्षको राजनीतिक उपस्थिति जोगाउने प्रयासका रूपमा मात्र सीमित छैन; यो उनको लामो राजनीतिक यात्राको निरन्तरता र आफूले अंगीकार गरेको राजनीतिक निष्ठाको परीक्षा पनि हो।
एकातिर नयाँ पुस्ताको नेतृत्व, नयाँ राजनीतिक समीकरण र बदलिँदो शक्ति सन्तुलन कांग्रेसभित्र स्थापित हुँदैछ। अर्कोतिर शाहीजस्ता नेता पुरानो राजनीतिक सम्बन्ध र निष्ठालाई आधार बनाएर आफ्नो कित्ता जोगाउने प्रयासमा छन् । कर्णालीमा कांग्रेस देउवा पक्षको झण्डा बोकेर खुलेर मैदानमा उभिएका नेता मध्ये शाही प्रमुख अनुहार बनेका छन ।