बुधबार, अशोज २१, २०८३
बुधबार, अशोज २१, २०८३
  • होमपेज
  • News
  • कांग्रेस सहमहामन्त्रीमा फिल्म निर्देशक मीन भामको उम्मेदवारी

कांग्रेस सहमहामन्त्रीमा फिल्म निर्देशक मीन भामको उम्मेदवारी

  • मङ्लबार, अशोज २०, २०८३
कांग्रेस सहमहामन्त्रीमा फिल्म निर्देशक मीन भामको उम्मेदवारी

काठमाडौ—नेपाली चलचित्र क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल नाम हो— मीन भाम। ’कालापोथी’ र ’शम्भला’ जस्ता बहुचर्चित तथा अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित फिल्मका निर्देशक भाम अब पर्दापछाडिको निर्देशनबाट मुलुकको मूलधार राजनीति निर्देशन गर्ने दौडमा होमिएका छन्। उनले नेपाली कांग्रेसको जारी अधिवेशन अन्त्र्रगत पिछडिएको क्षेत्र बाट सहमहामन्त्री पदमा आफ्नो आधिकारिक उम्मेदवारी दर्ता गराएका छन ।

मुगुको भूगोलमा जन्मिएर चर्चित फिल्म महोत्सव (भेनिस, बर्लिन) सम्म पुगेका भामको यो राजनीतिक फड्कोलाई धेरैले चासो र कौतुहलताका साथ हेरेका छन्

कर्णाली र मुगुको कथा, व्यथा, अनि संस्कृतिलाई पर्दामार्फत विश्वसामु पु¥याएका मीन भामले आफ्नो उम्मेदवारीलाई पिछडिएको क्षेत्रको अधिकार र पहिचानसँग जोडेका छन । “मैले सधैं कथा र कलामार्फत भूगोलको आवाज बोल्दै आएँ, अब नीति निर्माण र पार्टीको केन्द्रीय नेतृत्व तहमै पुगेर कर्णाली क्षेत्रको अधिकारका लागि लड्न नेता बन्ने इच्छा गरेको भामको भनाई छ । परम्परागत राजनीतिक ढर्राभन्दा बाहिरका, रचनात्मक र अन्तर्राष्ट्रिय अध्ययन–अनुभव भएका फिल्मीकर्मी युवाहरू मूलधार राजनीति मुलधारा आउन थालेका छन ।
कलात्मक यात्रामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाएका उनले राजनीतिमा पनि उस्तै रचनात्मकता, निष्ठा र पारदर्शिता ल्याउने प्रतिबद्धता जनाएका छन्। पार्टीभित्र युवा पुस्ता र बौद्धिक वर्गलाई आकर्षित गर्न उनको उम्मेदवारी महत्त्वपूर्ण मानिएको छ।

चर्चामा

सम्बन्धित समाचार