काठमाडौ —नेपाली कांग्रेसको १५ औं महाधिवेशन बाट गगन कुमार थापा सभापतिमा भारी मतले निर्वाचित भएका छन । महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न मतदानपछि राष्ट्रिय सभा गृहमा राति सुरु भएको मतगणना सकिए संगै गगन थापा सभापतिमा निर्वाचित भएका छन । महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार नवनिर्वाचित सभापति थापाले ६ हजार ५सय ८४ मत प्राप्त गर्दै जित हासिल गरेका छन्। ।
सभापति पदको मतगणना राष्ट्रिय सभा गृहमै सम्पन्न भए पनि बाँकी अन्य पदहरूका मतपेटिका भने सुरक्षित रूपमा पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको छ ।