आइतवार, अशोज २५, २०८३
आइतवार, अशोज २५, २०८३
  • होमपेज
  • राजनीति
  • मुगुमा देउवा पक्षको कांग्रेस जिल्ला अधिवेशन सम्पन्न

मुगुमा देउवा पक्षको कांग्रेस जिल्ला अधिवेशन सम्पन्न

  • शनिबार, अशोज २४, २०८३
मुगुमा देउवा पक्षको कांग्रेस जिल्ला अधिवेशन सम्पन्न

तिलकबहादुर मल्ललाई सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन

मुगु—नेपाली कांग्रेसको देउवा पक्षले मुगुमा शक्ति प्रदर्शन सहित जिल्ला अधिवेशन भब्य रुपमा सम्पन्न गरेको छ ।
अधिवेशनले तिलकबहादुर मल्ललाई सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन गरेसँगै जिल्लामा पार्टीको नेतृत्व चयन प्रक्रिया सहमति मार्फत टुंगिएको छ ।

जिल्ला सभापति पदका लागि तिलकबहादुर मल्ल र खगेन्द्र मल्लबीच प्रतिस्पर्धा हुने अवस्था थियो । तर, पार्टीलाई जिल्लामा थप बलियो बनाउने र संगठनलाई एकताबद्ध बनाउने उद्देश्यसहित खगेन्द्र मल्लले आफ्नो दाबी त्याग गरेपछि तिलकबहादुर मल्ल सर्वसम्मत सभापति चयन भएका हुन् । अधिवेशनले २७ सदस्यीय जिल्ला कार्यसमितिसमेत चयन गरेको छ । जिल्ला अधिबेसन बाट केन्द्रको १५ औ महाधिबेशनको लागि प्रतिनिधिहरु समेत चयन गरेको छ ।

नेतृत्व चयनका क्रममा देखिएको सहमतिलाई जिल्लामा पार्टी एकता र संगठन सुदृढीकरणको प्रयासका रूपमा हेरिएको छ। सभापतिका आकांक्षी खगेन्द्र मल्लले व्यक्तिगत आकांक्षाभन्दा पार्टीको हितलाई प्राथमिकता दिँदै आफूले त्याग गरेको बताएका छन्।
कर्णाली प्रदेशमा देउवा पक्ष कांग्रेस अग्रिम सक्रिय नेतृत्व गरिरहेका पूर्व वनमन्त्री ऐनबहादुर शाहीको गृहजिल्ला मुगुमा सम्पन्न अधिवेशनलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।
अधिवेशनमा ठूलो संख्यामा कार्यकर्ता सहभागी गराएर देउवा पक्षले आफ्नो संगठनात्मक उपस्थिति र राजनीतिक शक्ति प्रदर्शन गरेको हो । जिल्ला अधिवेशन केवल नेतृत्व चयनमा सीमित नरही पार्टीभित्रको संगठनात्मक प्रभाव देखाउने अवसरको रुपमा लिएको छ ।
कांग्रेस देउवा पक्षपक्षधरले आफ्नो प्रभाव क्षेत्र मानिने मुगुमा अधिवेशन सम्पन्न गर्दै जिल्ला नेतृत्वमा सर्वसम्मति कायम गर्नुलाई संगठनभित्र एकताको सन्देश दिएको छ ।

पार्टी भित्र दुईधार देखिएको अबस्थामा मुगुमा हामीले वडा अधिबेशन पालिका अधिबेशन प्रदेश क र ख अधिबेशन र जिल्ला अधिबेसन भब्य र सब्य रुपमा बनाउन सफल भयो कांग्रेस नेता एवम पूर्बबनमन्त्री शाहीले बताउनु भयो । देउवापक्षमा कार्यक्रताहरुको उत्साह र आक्रर्षण बढी देखियो उनको भनाई छ । बर्षा र खेतीपातीका समय पनि पनि वडा देखि जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न गर्न पाउदा हामी खुशी छौ उहाको भनाई छ ।

नयाँ नेतृत्वका लागि अब जिल्लामा निष्क्रिय संगठनलाई चलायमान बनाउने, असन्तुष्ट पक्षलाई समेट्ने र कार्यकर्तामाझ पार्टीप्रतिको विश्वास बलियो बनाउने सभापति तिलक बहादुर मल्लको का“धमा आएको छ ।

सभापति पदका अर्का आकांक्षी खगेन्द्र मल्लको उम्मेदवारी त्याग गर्ने निर्णय अधिवेशनको मुख्य पक्ष बनेको छ। नेतृत्वका लागि प्रतिस्पर्धा हुन सक्ने अवस्थामा उनले पार्टीको एकता र सुदृढीकरणलाई प्राथमिकता दिएको सन्देश दिएका छन्।

पार्टीभित्र नेतृत्वका आकांक्षीबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसलाई सहमतिमा रूपान्तरण गर्न सक्नु संगठनात्मक परिपक्वताको संकेत मानिन्छ। खगेन्द्र मल्लको त्यागपछि सर्वसम्मत नेतृत्व चयन हुनु मुगु कांग्रेसका लागि सहकार्यको आधार तयार गर्ने अवसर बनेको छ।

नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य धर्मराज शाहीले लामो मेहनतपछि अधिवेशन भव्य रूपमा सम्पन्न भएको बताएका छन्।

कांग्रेसको १५ औ महाधिबेसन अन्त्र्रगत गत असोज १५ गतेदेखि सुरु भएको वडा अधिवेशन प्रक्रियाअन्तर्गत कर्णालीका हिमाली जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भएका छन्। यसै क्रममा हुम्लामा सूर्यबहादुर शाही र जुम्लामा नेत्रकला शाही जिल्ला सभापतिमा चयन भएका छन्।

मुगुमा तिलकबहादुर मल्लको नेतृत्व चयनसँगै जिल्ला कांग्रेसले नयाँ कार्यसमितिसहित संगठन सञ्चालनको जिम्मेवारी पाएको छ। अब नयाँ नेतृत्वको मुख्य परीक्षा कार्यकर्तालाई एकताबद्ध राख्ने, जिल्लामा पार्टीको प्रभाव विस्तार गर्ने र जनताका सवालमा सक्रिय भूमिका निर्वाह गर्ने हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार