शनिबार, कार्तिक १, २०८३
शनिबार, कार्तिक १, २०८३
  • होमपेज
  • News
  • कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खड्गबहादुर शाही निर्वाचित

कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खड्गबहादुर शाही निर्वाचित

  • बिहिबार, अशोज २९, २०८३
कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खड्गबहादुर शाही निर्वाचित

काठमाडौ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कर्णाली भूगोल खुला पुरुषतर्फबाट सांसद खड्ग बहादुर शाही केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले २ हजार ९ सय १९ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा निर्वाचित हुन सफल भएका हुन ।शाहीका स्वकीय सचिव लोकेन्द्रबहादुर शाहीका अनुसार कर्णाली भूगोल खुला पुरुषतर्फबाट उनी केन्द्रीय सदस्यमा सांसद खड्ग बहादुर शाही हुनु भएको जानकारी गराए ।

नेपाली कांग्रेसको इतिहासमा मुगु जिल्लाबाट निर्वाचन प्रक्रियामार्फत केन्द्रीय सदस्यमा निर्वाचित हुने शाही पहिलो व्यक्ति भएको उनको भनाइ छ ।  मुगु कांग्रेसको इतिहासमा यसअघि कसैले पनि निर्वाचन प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य पदमा जित हासिल गर्न नसकेको बताइएको छ।
मुगु कांग्रेसका नेता तथा पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले दुई पटक केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरे पनि निर्वाचित हुन सकेका थिएनन्।

शाही गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेस मुगुको जिल्ला सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।  केन्द्रीय सदस्यमा शाहीको निर्वाचितसँगै मुगु जिल्लाले नेपाली कांग्रेसको केन्द्रीय तहमा आफ्नो प्रतिनिधित्व थप बलियो बनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार