सोमवार, बैशाख २१, २०८३
सोमवार, बैशाख २१, २०८३
  • होमपेज
  • बागमती प्रदेश
  • ज्याकाराण्डा फुलले बढायो उपत्यकाको सडकको सौन्दर्यता

ज्याकाराण्डा फुलले बढायो उपत्यकाको सडकको सौन्दर्यता

  • सोमवार, बैशाख २१, २०८३
ज्याकाराण्डा फुलले बढायो उपत्यकाको सडकको सौन्दर्यता

काठमाडौ —हिजोआज काठमाडौ उपत्यकाको मुख्य शहरको सडक किनारामा ज्याकाराण्डा फुल फुलेर रमणीय देखिएको छ ज्याकारान्डा फूलले सडकको सौन्दर्यता बढाएको बटुवाको भनाई छ । ढकमक्क फुल देखेर बढुवा यात्रुहरु रमाउने गरेका छन । शहरका मुख्य सडक किनारका ठूला रुखहरूमा ढकमक्क फुलेका ज्याकारान्डाले काठमाडौँलाई आकर्षक बनाएका छन । यी फूलले वसन्त ऋतुलाई अझै रंगीन र रमाइलो बनाएको छ। दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदरबार गौशाला लगायत क्षेत्रमा ज्याकारान्डा फुलले ढकमक्क देखिएको छ । उक्त फुल झरेर सडक पनि रमाइलो देखिएको छ ।
ज्याकारान्डा नेपालमा रैथाने फूल भने होइन । दक्षिण अमेरिका बाट उत्पत्ति भएको यो फूल भारत हुँदै नेपाल भित्रिएको स्थानीयको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार