बिहिबार, बैशाख २४, २०८३
बिहिबार, बैशाख २४, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • डोल्पामा जेठ १० देखि यार्सागुम्बु टिप्नका लागि पाटन खुला गरिने

डोल्पामा जेठ १० देखि यार्सागुम्बु टिप्नका लागि पाटन खुला गरिने

  • बुधबार, बैशाख २३, २०८३
डोल्पामा जेठ १० देखि यार्सागुम्बु  टिप्नका लागि पाटन खुला गरिने

मुगुु —हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० देखि यार्सागुम्बु  टिप्न पाटन क्षेत्र खुला गरिने भएको छ ।डोल्पा प्रमुख श्याम बहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले आगामी जेठ १० गतेदेखि जिल्लाका सबै पाटनहरू खुला गर्ने निर्णय गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले बताए । यार्सागुम्बा संकलनका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज अन्तरगतका यार्सापाटन र डिभिजन वन अन्तरगतका यार्सापाटनहरु संकलनका निम्ति खुल्ला गरिने छ ।

यार्सागुम्वा टिप्न जाने संकलककर्ताले अनुमति लिनु पर्ने ब्याबस्था गरिएको छ । निकुञ्ज भित्रका मध्यवर्ती क्षेत्र भित्रका बासिन्दालाई ५ सय ‘क वर्ग’ , डोल्पा जिल्ला भित्रका नागरिकलाई २ हजार ‘ख’ वर्ग र जिल्ला बाहिरका नागरिकलाई ३ हजार ‘ग’ वर्ग शुल्क निकुञ्जले निर्धारण गरेको छ । यार्सागुम्बा संकलनको लागि जेठ ५,६,७ गते सम्बन्धित पाटनका क्षेत्रमा प्रवेशका लागि रसिद वितरण गरिने र ८ र ९ गते सम्बन्धित पाटनमा पुग्ने र १० गते यार्सा पाटन खुल्ला गरिने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रले जनाएको छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति द्वारा संचालन जगदुल्ला, कागमारा, नाउरे, सागर, पेरिकोपा, फुलवारी, छइताङ, कुनारा, भाङपा, सागवारी, चुचे, ग्यालवारा, ताक्तारा, माटे सुम्से, पटैटि, दुना माथिल्लो र तल्लो, सुप्पाकुना, सिसौल, सेती, मृग, छोइला, कलङ, धो तराप, वाङरी, रमाना, छायानाथ लगायत क्षेत्रमा यार्सा पाइने गरेको छ । नेपालको डोल्पा, ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, मनाङ, सिन्धुपाल्चोक ,रसुवा , दोलखा आदि जिल्लाका हिमाली क्षेत्रमा यार्सागुम्बु पाइने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार